पीडितले घेरे, वैदेशिक रोजगार विभागका महानिर्देशकको कार्यकक्ष

सहयात्रा टिभी

काठमाण्डौं । वैदेशिक रोजगारबाट पीडित बनेकाका आफन्तहरुले शुक्रबार वैदेशिक रोजगार विभागका महानिर्देशकको कार्यकक्ष घेराऊ गरेका छन् ।
वैदेशिक रोजगारका क्रममा पीडित युवाका परिवारले ६ महिनासम्म साउदी अरेवियामा अलपत्र परेका आफन्तलाई घर फिर्ता ल्याउन सरकार उदासीन भएको भन्दै कार्यकक्षामा धर्ना दिएका हुन् ।

सरकारी निकायले पीडित कामदारको पक्षमा केही पनि गर्न नसकेको भन्दै पीडितका आफन्त आक्रोशित भएपछि विभागका कर्मचारी र पीडितका आफन्तबीच भनाभन समेत भएको छ । ललितपुरमा रहेको एस म्यानपावर कम्पनीले पठाएका चार जना युवा सात महिनादेखि साउदी अरेवियामा अलपत्र परेको आफन्तको गुनासो छ । वैदेशिक रोजगार विभागले दोषी म्यानपावर कम्पनीको कावार्ही रोक्का गरेको र पीडित युवालाई स्वदेश फर्काउने तयारी भएको जनाएको छ ।

साउदीस्थित नेपाली दुतवासको समन्वयमा कामदार फर्किने आयोगले बताएको छ । सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने बताउँदै आएको भए पनि विदेशी भूमिमा नेपाली युवाहरु अलपत्र हुने क्रम अझै रोकिएको छैन । अझ सरकारी कर्मचारीकै मिलेमतोमा नेपाली युवाहरुलाई वैदेशिक रोजगारीका नाममा ठग्ने, अलपत्र पार्नेलगायतका काम हुने गरेको आरोप सर्वसाधरणको छ ।

प्रकाशित : 10 November, 2017

प्रतिक्रिया दिनुहोस्