प्रि ओपन सेसन : नेप्से सामान्य अंकले घट्यो

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १७, प्रि ओपन सेसन नेप्से आइतबार सामान्य अंकले घटेको छ।

नेप्से सूचक ०.३५ अंकले घटेर १८८९.४१ विन्दुमा आएको छ। ५ कम्पनीको एक हजार ८० कित्ता सेयर कारोबार हुँदा दुइ लाख ५६ हजार ५२३ रुपैयाँको कारोबार भएको छ। यो सेसनमा नेप्से सुचकमा ३ कम्पनीमा उकालो लागेको र २ वटाको मूल्य घटेको छ।

१३ उपसुचकहरुमध्ये एक कम्पनीमा उकालो लागेको र दुई कम्पनीमा ओरालो लागेको छ भने बाँकी कम्पनीहरुमा कुनै पनि परिवर्तन आएको छैन।

प्रकाशित : 30 April, 2023

प्रतिक्रिया दिनुहोस्