नारायणगढ–मुग्लिङ सडकखण्ड शनिवार दिनभर बन्द

सहयात्रा टिभी

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्ड आज सात घण्टा बन्द हुने भएको छ । चितवनको सेती दोभानमा रहेको जोखिमयुक्त ढुंगो पन्छाउनका लागि आज सो सडकखण्ड सात घण्टा बन्द गर्न लागिएको नारायणगढ–मुग्लिङ सडक आयोजनाले जनाएको छ ।

आज बिहान १० देखि बेलुका ५ बजेसम्म गाडीको आवतजावत रोकेरै ढुंगा पन्छाउने काम गरिने आयोजनाले जनाएको छ । आयोजनाले नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह पनि गरेको छ । आइतबारदेखि भने कालोपत्र गर्ने ठाउँमा एकतर्फी बाटो सञ्चालन गरिने र भित्तो काट्ने ठाउँमा बिचबिचमा सडक रोक्दै काम अघि बढाइने छ ।

आइतबारदेखि एकहप्ता परीक्षणस्वरुप बिहान ७ देखि साढे बजे, ११ देखि १२ बजे, १ देखि २ बजे र ३ देखि ४ बजेसम्म गाडी रोकेर भित्तो काट्ने काम गरिने बताईएको छ । यो सडकको १६, २२ र ३३ किलो क्षेत्रमा झण्डै ७ सय मिटरमा भित्तो काट्ने काम बाँकी छ । झण्डै १० किमी क्षेत्रमा भने पहिलो तहको कालोपत्र सकिएको छ । यो सडकको अहिलेसम्म ५८ प्रतिशत मात्रै काम सकिएको छ ।

प्रकाशित : 11 November, 2017

प्रतिक्रिया दिनुहोस्