केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बास्तविक श्रमिकको पहिचान खै ? सहयात्रा सम्पादकीय

सहयात्रा टिभी

सहयात्रा सम्पादकीय : अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ तारिखको दिन संसारभरि अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइन्छ।

१९औं शताब्दीको औद्योगिक क्रान्तिका कारण यूरोपका उद्योगपतिहरूले श्रमिकहरूलाई १६ घण्टा भन्दा बढी समय न्यून पारिश्रमिक दिई काममा लगाई श्रम शोषण गरिरहेको कहालीलाग्दो परिस्थितिबीच त्यहाँका मजदुरहरूले सन् १८८६ देखि कठोर आन्दोलन गरी ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको मागलाई स्थापित गराउने गरेको संघर्षको सम्झना स्वरूप मे दिवस मनाउन सुरु गरिएको हो ।

विश्वका ८० भन्दा बढी देशमा आधिकारिक रूपमा यस दिन सार्वजनिक बिदा हुन्छ भने कतिपय देशमा सामान्य रूपमा यो दिवस मनाइन्छ।

नेपालमा वि।सं। २००७ देखि श्रमिक दिवस मनाउन थालिएको हो। २००३ सालदेखि विराटनगर जुटमिलको मजदुर आन्दोलन हुँदै २००९ सालको न्यून वैतनिक कर्मचारीहरूको आम हड्तालले श्रमिकको पक्षमा ठूलो उपलब्धि हासिल गरेको थियो।

२०६२र६३ को आन्दोलन र शान्ति प्रक्रियाको सुरुवातपछि भने नेपालमा ट्रेड युनियन या श्रमिक आन्दोलनको बाढी नै आएको देखिन्छ।

निजी क्षेत्रका प्रत्येक कम्पनी, ठूला व्यापारिक प्रतिष्ठान, यातायात, अस्पताल, गार्मेन्ट, क्यासिनो, सञ्चारगृह लगायत धेरै क्षेत्रमा ट्रेड युनियन स्थापना गरी केही हदसम्म श्रमिकको हितमा काम भएको देखिन्छ।

तर जसरी ट्रेड युनियनहरूको उत्पत्ती भयो  त्योसँगै राजनैतिक पार्टीका स्वार्थ, नेतृत्वको विचलन एवं स्वार्थ र एलोयुनियन (मालिकले बनाएका युनियन) को कारण त्यो धेरै समय टिक्न सकेन  फलस्वरूप युनियनहरू बदनाम, ट्रेड युनियनकर्मीको आलोचना र अश्विसास चुलिन पुगेको देखिन्छ।

एका तर्फ वास्तविक श्रमिक चाही पिडित बनेर शोषित भै रहेको छ उस्को आवाज उस्को नाममा युनियन संघ संगठन जुरमुराउछन् । त्यसकै आधारमा संघ संगठन लाई मलजल पुग्छ । पिडितको नामले पहुचमा पुगेको व्यति त्यस विचको संगठन, पार्टिगत लेनदेनमा नै राहत सिमीत रहेको देखिन्छ ।

बास्तविक श्रम शोषण भएका लाई राहत छैन । यही उपल्लो तहका पार्टीगत ट्रेड युनियन नेतृत्वको कारण आज श्रमिक हक–हित संरक्षणको लागि बनाइएका कानुनहरू श्रमिकमैत्री छैनन् । बास्तविक श्रमिको पसिना अर्कैले चुसिरहेको छ ।

श्रमिकको पक्षमा काम गर्ने गरी स्थापना गरिएका सरकारी निकायहरू श्रम तथा रोजगार मन्त्रालय, श्रम विभाग एवं श्रम कार्यालयहरूले वैदेशिक रोजगारीको विषयमा मात्र ध्यान दिने तर वर्षेनि ५ लाखभन्दा बढी युवाशक्ति श्रम बजारमा आउँदा उनीहरूको व्यवस्थापनमा कुनै काम गरेको देखिंदैन ।

फलस्वरूप ठूलो संख्यामा देशको जनशक्ति विदेश पलायन भइरहेका छन् । कोभिड-१९ को कारण रोजगारी गुमाएका १० लाखभन्दा बढी नेपाली कामदारको अवस्था अहिले के छ ? सरकार या सरोकारवाला निकायलाई सायद जानकारी नै छैन।

बास्तविक श्रमिकको पहिचान हुनु जरुरी छ । श्रमिकको आत्म बल बढाउने निति नियम कार्यन्वयन हुनु जरुरी छ । परिवर्तन व्यवस्था होस् या अवस्था त्यसको मूल स्रोत श्रमिक हुन् । समय र परिणामको आधारमा श्रमको मुल्यांकन हुनु जरुरी छ । पार्टीको झोला बोक्ने र संगठन विस्तार गर्ने प्रवित्तिको अन्त्य गरी परिणाम मुखी परिवर्तनले मात्र समाजमा उन्नति हुन्छ।

श्रमिकको अवस्थामा आएको परिवर्तन नै विकासको सूचक हो। प्रतिव्यक्ति आयले समाजमा सम्पन्नता छाउनु नै बास्तविक श्रमको उपलब्धि हो । अहिलेको परिस्थीतीमा सरकारले स्वदेशमै युवा श्रमिकलाई श्रम सुनिश्चित गराई श्रमिकको पारिवारीक संमृद्धिमा वृद्धि हुने खालका आयोजना, कल कारखाना, उद्ययोग संचालन गर्नुपर्ने अपरिहार्य देखिन्छ । तव मात्र श्रमिक दिवसको शुभकामनाले शुभ फल दिन शुरु गर्ने थियो ।

 

 

प्रकाशित : 1 May, 2023

प्रतिक्रिया दिनुहोस्