केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कीर्तिपुर मैदानमा क्रिकेट हेर्न दर्शकको धैर्यता

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १८, टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र यूएईबीच जारी एसीसी प्रिमियर कपको फाइनल खेल दुई पटक अवरुद्ध भयो ।

वर्षाका कारण दुईरदुई पटक खेल अवरुद्ध हुँदा पनि खेल हेर्न पुगेका क्रिकेट प्रेमि दर्शकहरू भने धैर्यतापूर्वक मैदानमै बसेका छन् ।

यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा पहिलो पटक रोकिएको खेल दोस्रो पटक २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा रोकिएको छ । तर, दर्शकहरू छाता ओढेर खेल पर्खिरहेका छन् ।

वर्षा भइरहेकोले तत्कालै खेल हुने सम्भावना न्यून भए पनि दर्शकले मैदान छोडेका छैनन् । मैदान बाहिर पनि दर्शक छाता ओढेर खेल सुरु हुने प्रतीक्षामा छन् ।

बिहानैदेखि टीयू मैदान दर्शकले भरिएको थियो । हल्का वर्षामै खेल सुरु भएपछि दर्शकले कोही छाता ओढेर कोही भिज्दै खेल हेरिरहेका थिए

 

 

 

प्रकाशित : 1 May, 2023

प्रतिक्रिया दिनुहोस्