पूर्वगृहमन्त्री ‘बादल’का छोरा प्रतिक विरुद्ध पनि पक्राउ पूर्जी जारी

सहयात्रा टिभी

काठमाडौं । बैशाख २०, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको अभियोगमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

थापाले बुबा गृहमन्त्री भएका बेला शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै असुली गरेको गिरोहबाट आर्थिक लाभ लिएर अनुचित कार्य गरेको भन्दै प्रहरीले पक्राउ पूर्जी जारी गरिदिन अदालतमा भनेको थियो ।

त्यसअनुसार प्रहरीले पेश गरेको प्रमाणका आधारमा पक्राउ पूर्जी जारी भएको अदालत स्रोतको भनाइ छ ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैतमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।

 

 

 

प्रकाशित : 3 May, 2023

प्रतिक्रिया दिनुहोस्