प्रहरी चौंकीमा तोडफोडपछि ७ राउण्ड हवाइ फायर

सहयात्रा टिभी

 

मकवानपुर । मकवानपुरको नेवारपानी प्रहरी चौंकीमा स्थानीयले तोडफोड गर्न थालेपछि शान्ति सुरक्षा नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड हवाइ फायर गरेको छ ।

शनिबार राति मापसे सेवन गरी महिला तथा युवती जिस्क्याउने हेटौंडा १९ का राजकुमार जिम्बालाई नियन्त्रणमा लिएपछि केही स्थानीयले उनलाई छुटाउन माग गर्दै प्रहरी चौकी घेराऊ गरेका थिए ।

छुटाउन नमानेपछि स्थानीयहरु तोडफोडमा उत्रिएपछि भिड नियन्त्रण लिन हवाइ फायर गर्नु परेको एसपी विकास राज खनालले बताए । प्रहरीले तोडफोडमा संलग्न ७ जनालाई नियन्त्रणमा लिएको छ । एक जना प्रहरी घाइते भएका छन् ।वनभोज हाँडीखोला गएका जिम्बासहितका एक समूहले स्थानीय महिला र युवती जिस्काएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित : 12 November, 2017

प्रतिक्रिया दिनुहोस्