केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजदेखि मौसम सुधार भई धेरै ठाउँमा घाम लाग्ने

सहयात्रा टिभी

काठमाडौं । बैशख २२, मौसमविद्का अनुसार आजदेखि मौसममा सुधार आउने बताएका छन् । देशका धेरै ठाउँमा आज घाम लाग्ने मौसमविद् गोविन्द झाले जानकारी दिएका छन् ।

गएको शनिवारयता लगातारजसो पानी परेको थियो । तर, पानी पार्ने प्रणाली केही कमजोर भएकाले आज केही दिनयताको जस्तो लगातार पानी नपर्ने मौसमविद् झाले बताउनुभयो । तर, प्रि-मनसुनको समय भएकाले दिउँसोपछि केही ठाउँमा पानी पर्ने उहाँको भनाइ छ ।

आज दिउँसोपछि काठमाण्डौसहित पहाडी क्षेत्रका केही ठाउँमा पनि मौसम बदली भइ हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

पहाडी क्षेत्रको मौसम अहिले धुम्म भए पनि पानी परेको छैन । मौसम बिस्तारै खुल्दै गइ घाम लाग्ने मौसमविद्ले बताएका छन् । तराईका धेरैजसो जिल्लाको मौसम भने समान्यतया सफा नै छ ।

प्रकाशित : 5 May, 2023

प्रतिक्रिया दिनुहोस्