भारतसामु नेपालको १ सय ८६ रनको लक्ष्य प्रस्तुत

सहयात्रा टिभी

काठमाण्डौं । कप्तान दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेसँगै एसीसी अन्डर १९ एसिया कप प्रतियोगितामा नेपालले भारतलाई १ सय ८६ रनको लक्ष्य दिएको छ । क्वालालम्पुरस्थित बायोमास ओभलमा जारी खेलमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो ।

ओपनर आसिफ शेखलाई सस्तैमा गुमाएको नेपालको लागि तेस्रो क्रमका ब्याट्सम्यान अनिल साहले पनि ६ रन जोडे । ओपनर जितेन्द्र सिंहले ३६ रन जोड्दै दिपेन्द्र सिंह ऐरीसँग तेस्रो विकेटका लागि ४९ रनको साझेदारी गरेका छन् । जितेन्द्रको प्रस्थानपछि दिपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै १ सय १ बलमा ६ चौका र २ छक्काको मदतले ८८ रन जोड्न सफल भए । उनी ४९ औं ओभरमा आउट भए । मध्यक्रममा रोहित पौडेलले ६ तथा भीम सार्कीले १५ रन जोडे । तल्लोक्रमका ब्याट्सम्यान मा सन्दिप लामिछाने ५ बलमा ९ रन बनाउँदै अविजित रहे । किशोर महतोले पनि ७ रनको योगदान दिए ।

भारतका लागि आदित्य ठाकरे र अविशेक शर्माले २र२ विकेट लिए । विवेक तिवारी, मन्दिप सिंह, शिब सिंह र अथर्व ताइदेले पनि १र१ विकेट लिए । पहिलो खेलमा पराजित नेपाल यस खेलमा जित हात पार्न नसके दोस्रो चरणमा पुग्न लगभग असम्भव हुनेछ । भारतलाई भने यस खेलमा जित हात पारे लगातार दुई जित सँगै दोस्रो चरणको यात्रा तय गर्न सहज हुन्छ । उसले पहिलो खेलमा आयोजक मलेसियालाई हराएको थियो ।

प्रकाशित : 12 November, 2017

प्रतिक्रिया दिनुहोस्