बेगनास तालमा परराष्ट्रका नासु भण्डारीको शव फेला

काठमाडौँ । बैशाख २५, परराष्ट्र मन्त्रालयमा कार्यरत नासु अनुप भण्डारी पोखरा लेखनाथको बेगनास तालमा मृत फेला परेको जानकारी प्राप्त भएको छ ।
अन्दाजी ३१ वर्षीय भण्डारीको शव सोमबार बेगनासतालमा तैरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
बेगनास तालको छेउमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो । शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएको छ ।
उदयपुर घर भएका उनी आइतबार घुम्न पोखरा आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी विकले जानकारी दिए । ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।