गृहसचिवमा भट्टराई‚ गृहका सिंह प्रधानमन्त्री कार्यालयमा

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २७, सरकारले गृह मन्त्रालयको सचिवमा दिनेश भट्टराईलाई सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयका सचिव भट्टराईलाई गृह मन्त्रालयको सचिवमा सरुवा गरेको हो ।

हाल गृहमा रहेका सचिव विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री कार्यालयमा लगिएको छ । गृहसचिव टेकनारायण पाण्डे असोज २ मा गृहसचिवबाट सरुवा भएर उपराष्ट्रपति कार्यालय गएपछि उनको ठाउँमा सिंह गृहमा आएका थिए ।

करिब ७ महिना गृहमा बसेका सिंह प्रधानमन्त्री कार्यालय गएपछि भट्टराईको गृहमा सरुवा भएको हो । यसअघि उद्योग मन्त्रालयबाट भट्टराई प्रधामन्त्री कार्यालयमा सरुवा भएका थिए । पछिल्लोपटक निवर्तमान गृहसचिव पाण्डे भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि गृहबाट हुने बेथिति र आपराधिक गिरोहलाई रोक्नु नयाँ गृहसचिवको प्रमुख चुनौती रहेको छ ।

प्रकाशित : 10 May, 2023

प्रतिक्रिया दिनुहोस्