माइती नेपालकी अध्यक्ष कोइराला कांग्रेसमा प्रवेश

सहयात्रा टिभी

काठमाण्डौं । माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हातबाट टीका लगाउँदै आइतबार कांग्रेस पार्टीमा प्रवेश गरेकी छन् ।

तीन दशकदेखि चेलीबेटी बेचविखन अभियानमा लागेकी कोइराला नेपाली कांग्रेसबाट मात्र मुलुकको आर्थिक समृद्धि हुने निचोड निकाल्दै पार्टी प्रवेश गरेकी हुन् । बालुवाटारमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेशपछि कोइरालाले भनिन्–‘सबै समुदायको अधिकार स्थापित गर्दै मुलुकलाई आर्थिक र समृद्धिको बाटोमा लैजान सक्ने कांग्रेस मात्रै हो । लोकतान्त्रिक छाताभित्र मात्रै सबैको अधिकार र विकास सम्भव छ ।’

प्रकाशित : 12 November, 2017

प्रतिक्रिया दिनुहोस्