विष सेवनबाट एक बालिकाको मृत्यु

सहयात्रा टिभी

सप्तरी । बैशाख २८ विष सेवनबाट एक १३ बर्सिया बालिकाको मृत्यु भएको छ । महादेवा गाउँपालिका ३ बलिया बथनाहाका पवन कुमार यादवको छोरी वर्ष १३ की प्रीति कुमारी यादवको मृत्यु भएको हो ।

धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालिका तिरहुत गाउँपालिका-४ डिमन बस्ने जोगिन्द्र यादवको घर आएको समयमा मंगलबार मुसा मार्ने विषादी सेवन गरेकी थिइन्, सुरुमा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको लागि भर्ना गरिए पनि पछि धरान लगिएको हो ।

मृतक बालिकाको शव धरानमा रहेको तथा घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए ।

प्रकाशित : 11 May, 2023

प्रतिक्रिया दिनुहोस्