नेप्से आज ३ दशमलव ३४ अङ्कले घट्यो
सहयात्रा टिभी
काठमाडौं । बैशाख २८,आज शेयर बजार परिसूचक नेप्से ३ दशमलव ३४ अङ्कले घटेर एक हजार आठ सय ३८ विन्दुमा झरेको छ ।
आज दुई सय ५० वटा कम्पनीको २१ लाख पाँच हजार कित्ता शेयर ५७ करोड ८८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको तीन करोड १५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।