पूर्वगृहमन्त्री खाँणलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगियो

सहयात्रा टिभी

काठमाडौँ । जेष्ठ १, नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले सोमबार पनि बयानका लागि सरकारी वकिलको कार्यालय, बबरमहल लगेको छ ।

पूर्वगृहमन्त्री खाँणलाई हिरासतमा राखेर अनुसन्धानका लागि आइतबार चार दिनको म्याद थप गरिएको थियो । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको ठगी प्रकरणमा पूर्वगृहमन्त्री खाँणको प्रत्यक्ष संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेपछि उनी गतसाता पक्राउ परेका थिए ।

प्रकाशित : 15 May, 2023

प्रतिक्रिया दिनुहोस्