सुनकाे भाउ आज तोलाको १ लाख ११ हजार रुपैयाँ

सहयात्रा टिभी

काठमाण्डाै । जेठ १, सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाकाे १ लाख ११ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो भाउ हिजोको भन्दा तोलामा दुई सय रुपैयाँले धेरै हो । चाँदीको भाउ भने आज स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित : 15 May, 2023

प्रतिक्रिया दिनुहोस्