प्रतिनिधिसभामा सभामुखद्धारा टोपबहादुर रायमाझी पक्राउ परेको जानकारी

काठमाडौँ । जेष्ठ १, सभामुख देवराज घिमिरेद्धारा सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना प्रतिनिधिसभा बैठकमा सुनाएर जानकारी दिएका छन् ।
रायमाझी आइतबार साँझ पक्राउ परेका थिए । रायमाझीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न भएको आशंकामा अनुसन्धानका लागि पक्राउ गरेको हो ।