लामो रुटको साझाका बिजुली बस सेवा आरम्भ

सहयात्रा टिभी

काठमाडौँ । जेष्ठ १, साझा यातायातले पाटनढोकाबाट रत्नपार्क हुँदै ज्ञानेश्रर-जोरपाटी (दक्षिणढोका) सम्मको बिजुली बस सेवा आरम्भ गरेको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले साझा यातायातको बिजुली बस सेवा सुरुवात गरेका छन् ।

फर्किंदा दक्षिणढोका–जोरपाटी–चाबहिल–गौशाला–रातोपुल–घण्टाघर–जमल–माइतीघर–पाटनढोका रुटबाट चल्ने ३ वटा बसहरुको सेवा उद्घाटन भएको हो । यो रुटमा १५ वटासम्म बिजुली बस चलाउने साझाको योजाना छ ।

यसअघि परीक्षणका रुपमा साझाले गत असारदेखि ३ वटा बिजुली बसमार्फत सेवा दिंदै आएको छ । चीनको सीएचटीसी कम्पनीले बनाएको ब्याट्रीबाट चल्ने ४० बस साझाले ६१ करोड ८३ लाख ४५हजार ७३२ रुपैयाँको लागतमा किनेको थियो ।

३० असार २०७६ मा तत्कालीन केपी ओली नेतृत्व सरकारले बिजुलीबाट चल्ने सार्वजनिक यातायातको प्रोत्साहन गर्न साझ यातायात सहकारी संस्थालाई ३ अर्ब रुपैयाँ दिने निर्णय गरेको थियो ।

 

 

 

प्रकाशित : 15 May, 2023

प्रतिक्रिया दिनुहोस्