सूर्यविनायकमा भएको आगलागीबाट दुई करोड २९ लाखको क्षति

सहयात्रा टिभी

काठमाडौँ । जेष्ठ १, भक्तपुरको सूर्यविनायकमा हिजो आइतवार राति भएको आगलागीमा दुई करोड २९ लाख रुपैयाँको क्षति भएको जनाएको छ ।

 

सूर्यविनायक नगरपालिका–५ चुनदेवीमा बिजेन चौगुठीले सञ्चालन गरेको न्यू दाजूभाई फर्निचर ट्रेडर्समा लागेको आगोले नजिकै रहेको चौगुठीको तीन तले घर र पुष्प सिल्पकारको कृपालु फर्निचर कारखानासमेत जल्दा दुई करोड २९ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

आइतवार बेलुका ७ बजे सुरु भएको आगलागी साढे १० बजे निभाउन सफल भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त पाठकले जानकारी दिनुभयो ।

आगो निभाउन भक्तपुरको तीन, काठमाण्डौ र ललितपुरको एकरएक गरी पाँच वटा दमकल परिचालन गरिएको थियो ।

 

प्रकाशित : 15 May, 2023

प्रतिक्रिया दिनुहोस्