रङ्गेहात समातिए वडाध्यक्ष

सहयात्रा टिभी

काठमाण्डौं । जलेश्वर नगरपालिकाका एक वडाध्यक्ष आइतबार राति एक महिलासँग आपत्तिजनक अवस्थामा रङ्गेहात पक्राउ परेका छन् ।  जलेश्वर नगरपालिका–८ का वडाध्यक्ष विजयकुमार सिंह आइतबार राति साढे १० बजेतिर सोही वडाकी दलित महिला वडा सदस्यसँग आपतिजनक अवस्थामा पक्राउ परेका हुन् ।

दुवैलाई आपत्तिजनक अवस्थामा महिलाका देवर, ससुरा र जेठाजुले देखेपछि बाहिरबाटै दुवै जनालाई घरमा थुनेर गाउँलेलाई बोलाएर रङ्गेहात पक्राउ गरिएको प्रहरी उपरीक्षक कुबेर कडायतले बताए ।  घरका सदस्यहरु तथा गाउँलेले अध्यक्ष सिंह र महिलालाई पक्राउ गरी प्रहरी बोलाएर आइतबार राति ११ बजे जिम्मा लगाएका थिए । दुवैलाई आइतबार राति नै मेडिकल जाँच गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको प्रहरीले जनाएको छ ।

सिंह तेस्रो चरणको स्थानीय तहको चुनावमा नेकपा एमालेबाट वडाध्यक्षमा विजयी भएका थिए । नौ महिनाअघि वैदेशिक रोजगारीका क्रममा दलित महिला वडा सदस्यका पतिको ज्यान गएको थियो । गएको असोज २ गते भएको स्थानीय तहको तेस्रो चरणको चुनावमा दलित महिला वडा सदस्यमा उनी नेकपा एमालेबाट नै विजयी भएकी थिइन् ।  उनी आइतबार राति आफ्ना चार बालबालिकासँग सुतिरहेका बेला वडाध्यक्ष सिंह घरमा पसेको र उनीहरुको क्रियाकलाप निकै आपत्तिजनक रहेकोले कोठामा थुनेर प्रहरी बोलाएको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रकाशित : 13 November, 2017

प्रतिक्रिया दिनुहोस्