केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शुल्ककै आधारमा विद्यार्थीले आत्महत्या गर्नु पर्ने बाध्यताको अन्त्य हुनुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत

सहयात्रा टिभी

काठमाडौं । जेठ २, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शुल्क तिर्न नसकेर विद्यार्थीले आत्महत्या गर्नु पर्ने बाध्यताको अन्त्य  हुनुपर्ने बताउनु भएको छ ।

मङ्गलवार आज सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताउनुभएको हो ।

उहाँले क्याम्पसको शुल्क तिर्न नसकेर ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताउनु भयो । उहाँले शिक्षा समितिले पनि यस बारेमा आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘शुल्क तिर्न नसकेकै आधारमा कोही पनि विद्यार्थीले ज्यान गुमाउनु नपर्ने स्थिति सरकारबाट सिर्जना हुनुपर्छ, त्यो वातावरण सरकारले निर्माण गर्नुपर्छ । समितिले यो कुरा अघि बढाउनुपर्छ । मैले आफ्नो जिल्लाका केही पालिकाहरुमा यसबारेमा भनिसकेको पनि छु ।’

केही समयअघि मात्रै क्याम्पसमा शुल्क तिर्न नसकेकै कारण एक विद्यार्थीले आत्महत्या गरेका थिए । त्यही प्रसंगलाई लिएर मन्त्री बस्नेतले क्याम्पस शुल्क तिर्न नसकेकै कारण ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्दै सरकारले शिक्षालाई प्राथमिकता दिएर अघि बढ्न जरुरी रहेको बताउनु भयो।

 

प्रकाशित : 16 May, 2023

प्रतिक्रिया दिनुहोस्