साफ च्याम्पियनसिपको लागि नेपालले भारत र कुवेतसँग खेल्ने

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३, १४औं संस्करणको साफ च्याम्पियनसिपको लागि नेपालले भारत र कुवेतसँग खेल्ने जनाएको छ ।

जसमा नेपाल समूह ए मा परेको छ । यस समूहमा घरेलु टोली भारत, कुवेत र पाकिस्तान छन् । यस साफ च्याम्पियनसिपमा नेपाल कठिन समूहमा परेको छ ।

दक्षिण एसियाली फुटबल महासंघ साफको आयोजनामा हुने साफ च्याम्पियनसिपको लागि बुधबार भारतको बंगलोरमा ड्र गरिएको हो ।

पछिल्लो पटक माल्दिभ्समा भएको साफको फाइनलमा नेपाल भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो । कुवेतसँग नेपालले पछिल्लो पटक खेल्दै आए पनि जित्न सकेको छैन ।

यस्तै अर्को समूहमा लेवनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् । यसपटक दक्षिण एसिया बाहिरका दुई टिम लेवनान र कुवेत आमन्त्रित टिमको रुपमा सहभागी हुँदैछ ।

साफ च्याम्पियनसिपमा पहिलो पटक दक्षिण एसिया बाहिरका टोलीले खेल्न लागेको हो । फिफा निलम्बनमा रहेको श्रीलंका यस पटक साफमा सहभागि हुने छैन ।

नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप जित्न सकेको छैन । २०२१ मा माल्दिभ्समा भएको १३औं संस्करणमा फाइनल पुग्नु नै नेपालको अहिलेसम्मको ठूलो उपलब्धि हो ।

 

प्रकाशित : 17 May, 2023

प्रतिक्रिया दिनुहोस्