ताप्लेजुङमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु

सहयात्रा टिभी

ताप्लेजुङ । जेठ ५, ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मौवाखोल गाउँपालिका काटे दोभानबाट बालुवा लिएर साँघुतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा सहचालक फक्ताङलुङ–३ का सन्दिप तामाङको मृत्यु भएको हो ।

सडकबाट खसेको ट्याक्टरले किच्दा अन्दाजी १९ वर्षीय तामाङको घटनास्थलमै मृत्यु भएको मैवाखोला गाउँपालिका–१ का वडाअध्यक्ष चन्द्र तामाङले बताए । ट्याक्टरका चालक कुसल लिम्बू भने फरार रहेका छन् ।

प्रकाशित : 19 May, 2023

प्रतिक्रिया दिनुहोस्