केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मिथिलाञ्चलमा आज बटसावित्री पर्व मनाइँदै

सहयात्रा टिभी

काठमाडौँ । जेठ ५, मिथिलाञ्चलमा आज विशेष विधिअनुसारको बरसाइत अर्थात् बटसावित्री पर्व मनाइँदैछ ।

जेठ कृष्णपक्ष आमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र अन्य महिलाले विशेष विधिअनुसार मनाउने चलन छ ।

दाम्पत्य जीवनको सुख समृद्धिका लागि यो पर्व मनाउने गरिएको छ । नवविवाहिता महिलाले पहिलो बरसाइत अर्थात् बिहेपछि आउने पहिलो पर्व श्रीमानको घरमा मनाउनुपर्छ ।

यस पर्वको दिनमा बिहानै विवाहित महिलाले नदी अथवा पोखरीमा स्नान गरी बट वृक्षमुनि सावित्रीको पूजा आराधना गरेर धुमधामका साथ मनाउने गरिन्छ ।

विभिन्न फलफूल, अक्षता, धुप, दीपसहित विवाहित महिला गीत गाउँदै बट वृक्ष भएको ठाउँमा गएर सावित्रीको पूजा गर्छन् । पर्वमा पार्वती, सावित्री र नागको पनि पूजा गरिन्छ ।

 

प्रकाशित : 19 May, 2023

प्रतिक्रिया दिनुहोस्