माओवादी र जसपालाई कोशी प्रदेश सरकार छाड्न कांग्रेसको आग्रह

काठमाडौँ । जेठ ५, नेपाली कांग्रेसले एमाले नेतृत्वको कोशी प्रदेश सरकारबाट बाहिरिन नेकपा माओवादी केन्द्र र जसपालाई आग्रह गरेको जनाएको छ ।
बिहीवार बसेको कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले माओवादी केन्द्र र जसपालाई सरकार छाड्न आग्रह गर्ने निर्णय गरेको हो ।
कांग्रेस संसदीय दलका नेता उद्धव थापाले केन्द्रको सत्ता गठबन्धन विपरीत एमाले नेतृत्वको सरकारमा सहभागी भएका माओवादी केन्द्र र जसपालाई सरकार छाड्न आग्रह गर्दै पत्र पठाउने बताए ।