केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जैविक विविधताको संरक्षण गरौं : सहयात्रा सम्पादकीय

सहयात्रा टिभी

सहयात्रा सम्पादकीय : जैविक विविधताको संरक्षण गर्नु आफैमा अपरिहार्य छ । किनकि हाम्रो प्राण वायुको स्रोत पनि यिनै हुन् । पर्यावरणीय सन्तुलन र वातावरण संरक्षणले प्राणीको अत्यावश्यक प्राण वायुलाई संतुलन गरी सिंगो प्राणी जगतमा प्राण दिएको छ ।

 

अनि मात्र मानिस र मानव निर्मीत जगतको अस्तित्व छ । मानिस र मानव निर्मित जगतले जलवायु परिवर्तनमा निकै ठुलो प्रभाव परेको आजको अवस्थालाई एक पटक हामी सबै मिली सोचौं । पृथ्विको सर्व श्रेष्ठ प्राणी मानिस हो । हामीले आ आफ्नो वरिपरिको वातावरणलाई स्वच्छ, सफा र हराभरा पार्नु हाम्रो दायित्व हो ।

जैविक विविधता दिवसको अवसरमा
विश्वभर संयुक्त राष्ट्र सङ्घको आह्वानमा पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकासजस्ता मुद्दामा जैविक विविधताको महत्व झल्काउन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै आएको छ। यो कार्य न केवल एक दिनको न त बार्षीक रुपमा यसलाई त प्रत्येक दिन मनाउने गरौ ।

 

हाम्रा वरपर भएका जैविकतालाई संरक्षण गरी सम्वर्धन गरौ । जमिन तथा पानीको सतहमा रहने प्राणी तथा वनस्पति एवं सूक्ष्म जीवको जीवनचक्रसहित वातावरणीय पक्षलाई समेत जोगाइ रहौं । जैविक विविधता भएको एक मात्र पृथिवी हामी सबै प्राणीको साझा हो । तर अहिले भने मानिस नै यसको स्वरुप विगार्ने मुल कारण बन्दै गएको छ ।

जमिन तथा पानीको सतहमा रहने प्राणी तथा वनस्पति एवं सूक्ष्म जीवको जीवनचक्रसहित वातावरणीय पक्षलाई समेत केन्द्रमा राखेर विश्वभर चेतनामूलक कार्यक्रम हुने गरेको छ । हामी पनि आ आफ्नो वरिपरि रहेका प्राकृतिक सम्पदाहरुलाई जोगाएर मनाउ । कागजी घोषणा र प्रमाण पत्रमा केन्द्रीत रहेर यस दिवसलाई मनाइएका दृश्यहरु सामाजिक संजालमा व्यापक देख्न पाईन्छ । के यसले वातावरण पर्यावरणलाई संरक्षणमा योगदान देला त ? यस प्रवृत्तिले लोप हुदै गएको प्रकृति र विकराल जलवायु परिवर्तनलाई जोगाउन हामीले हाम्रा सन्ततिहरुलाई कस्तो शिक्षा दिदै छौ, सचेत हौं ।

पृथिवीमा हामीले बासस्थान पाएका छौ, नकि मनपरि गरेर पृथ्वीको स्वरुप बिगार्न । राज्यको तबरवाट प्रकृतीको दोहन हुनवाट बचाउनका लागि पनि ठोस कार्यक्रम ल्याउन जरुरी छ । तसर्थ आफु र आफ्नो सन्ततीका लागि पनि स्वच्छ र सफा पृथ्वीमा बाचौ र बाच्न दिऊ ।

 

प्रकाशित : 22 May, 2023

प्रतिक्रिया दिनुहोस्