कामनपाको डोजर मनोहरा क्षेत्रको अतिक्रमित संरचनामा चल्यो
सहयात्रा टिभी
काठमाडौँ । जेठ ९, काठमाडौं महानगरपालिकाले मनोहरा क्षेत्रको अतिक्रमित जग्गा एकीकरणमा रहेका अनाधिकृत संरचना हटाउन डोजर चलाएको जनाएको छ ।

जग्गा एकीकरणमा निर्माण भएका ६ वटा घर टहरा हटाएको महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार एकीकरण अन्तर्गतको सडकको फुटपाथमा अतिक्रमण गरेर बनाएका भर्याङ, पेटी लगायत संरचना पनि महानगरले हटाएको छ ।


