नेप्से ५१ अंकले बढ्यो

सहयात्रा टिभी

काठमाडौँ । जेठ ९,

घट्दो ब्याजदरको प्रभाव संगै आज पनि नेप्से ५१ अंकले वृद्धिभएको छ । गत साताको सोमबार नेप्सेमा एकल अंकको सामान्य गिरावट भएर बन्द भएको नेप्से त्यसयता लगातार ६ कारोबार दिनसम्म बढेको छ ।

सोमबार नेपाल बैंकर्स संघको पत्रकार सम्मेलन बाट ब्याजदर उल्लेख्य रुपमा घट्ने देखिएपछि मंगलबार सेयर बजारमा हरियाली छाएको छ ।
गत सोमबार ‘इन्ट्रा–डे’ कारोबारमा करिब एक वर्ष यताको न्यून विन्दु १८०७.५३ सम्म झरेर १८१८.३१ अंकमा बन्द भएको थियो । त्यसपछिको ६ कारोबार दिन नेप्से लगातार बढ्दा नेप्से समग्रमा १२४.३२ अंकले वृद्धिभएको छ ।

 

प्रकाशित : 23 May, 2023

प्रतिक्रिया दिनुहोस्