भन्सार छली गर्न प्रहरीलाई घुस दिन खोज्ने भारतीय पक्राउ
सहयात्रा टिभी
काठमाडौँ । जेठ १०, कैलालीमा भन्सार छलीको समान कटाइदिन आग्रह गर्दै प्रहरीलाई घुस दिन खोज्ने भारतीय नागरिक पक्राउ परेका छन् ।

बुधबार बिहान धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारल नजिकै भारतबाट भन्सार छलेर ल्याएको आठ हजार रुपैयाँ बराबरको समान पास गरिदिन आग्रह गर्दै घुस दिन खोज्ने भारतको पलिया बस्ने ५० वर्षीय सुधिर गुप्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


