सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं । जेठ १०, आज बुधबार पनि सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । बजार परिसूचक नेप्से १६.४९ अंकले वृद्धि हुँदा १९५९.१२ अंकको विन्दुमा बन्द भएको छ ।
गत साताको सोमबार एकल अंकको सामान्य गिरावट भएर मंगलबारदेखि बढ्न सुरु भएको नेप्से त्यसयताको ७ औं दिन पनि लगातार वृद्धि भएको छ । नेप्सेमा वृद्धि भएपनि मंगलबारको तुलनामा बुधबार कारोबार रकम घटेको छ ।