केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ए डिभिजन लिगमा आज दुई खेल हुने

सहयात्रा टिभी

काठमाडौँ । जेठ ११, सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुने भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार पहिलो खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने दोस्रो खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ।

जसअनुसार च्यासल मैदानमा मनाङ मर्स्याङ्दी र चर्च ब्वाईज बिच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजे सुरु हुनेछ। सोही समयमा एन्फा कम्प्लेक्समा सातदोबाटो र फेन्डस क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ।

प्रकाशित : 25 May, 2023

प्रतिक्रिया दिनुहोस्