केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन भोलिदेखि

सहयात्रा टिभी

बुटवल । जेठ ११, लुम्बिनीको प्रदेश सभाको बजेट अधिवेशन भोलिदेखि सुरु हुने भएको छ।

प्रदेश सरकारले ९ जेठमा अधिवेशन आव्हानका लागि सिफारिस गरेअनुसार प्रदेश प्रमुख अमिक शेरचनले जेठ १२ गतेका लागि स्वीकृत गरेका हुन्।

प्रदेश प्रमुखका कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङको देउखुरीस्थित प्रदेश सभा भवनमा भोलि दिउँसो १ बजे बस्नेछ। यसअघिको प्रदेशसभा बैठक गत वैशाख २९ गते अन्त्य भएको थियो।

प्रकाशित : ११ जेष्ठ २०८०, बिहीबार १०:०५

प्रतिक्रिया दिनुहोस्