केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रियल मड्रिडले राभो भालेकानोलाई २-१ ले पराजित

सहयात्रा टिभी

काठमाडौँ । जेठ ११, स्पानिस ला लिगामा रियल मड्रिडले राभो भालेकानोलाई २-१ ले पराजित गरेको छ । रोड्रिगोले खेल सकिन एक मिनेट बाँकी छँदा गोल गरेपछि रियलले जित निकालेको हो ।

करिम बेन्जेमाले ३१औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ८४औं मिनेटमा आर डी टोमसले राभो भालेकानोले बराबरी गोल फर्काए । तर ८९औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई जित दिलाए ।

रियलल जितपछि ३६ खेलबाट ७४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । रियलको छिमेकी एट्लेटिको मड्रिडले भने तीन गोलको अग्रता जोगाउन नसक्दा स्पानयोलसँग ३-३ को बराबरी खेल्दै अंक बाँडेको छ । एट्लेटिको बराबरीमा रोकिएपछि रियल दोस्रो स्थानमै कायम रहेको छ ।

 

प्रकाशित : 25 May, 2023

प्रतिक्रिया दिनुहोस्