केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाग्मतीमा छोटो दुरीका सार्वजनिक गाडी भाडा घटाउने तयारी

सहयात्रा टिभी

काठमाडौँ । जेठ ११,बाग्मती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले गाडी भाडा घटाउने अन्तिम तयारी गरिरहेको दाबी गरेको जनाएको छ ।

काठमाण्डौ उपत्यकाभित्र ५ दशमलव ९० प्रतिशतले तथा उपत्यका बाहिर छोटो दुरीका सार्वजनिक गाडीमा ४ दशमलव १८ प्रतिशत र मालबाहक गाडीमा ५ दशमलव ६९ प्रतिशतले घटाउन लागिएको जानकारी प्राप्त भएको छ ।

मन्त्रालयका अनुसार समायोजनको अन्तिम तयारीमा रहेको यो भाडादर आजै राजपत्रमा प्रकाशित गर्ने गरी गृहकार्य भैरहेको छ ।

आज राजपत्रमा प्रकाशित भए भोलिदेखि नै घटेको भाडा लागू हुनेछ । प्रदेश सरकारले भाडादर समायोजनमा ढिलाइ गर्दा यात्रु मर्कामा परेका छन् ।

प्रकाशित : 25 May, 2023

प्रतिक्रिया दिनुहोस्