केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गणतन्त्र र लोकतन्त्रको विकल्प पश्चगमन हुन सक्‍दैन : सञ्‍चारमन्त्री शर्मा

सहयात्रा टिभी

काठमाडौं । जेठ ११, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएकी छिन्।

बिहीवार राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘हाम्रो संस्कृतिस्हाम्रो सम्पदा’ नामक तस्वीर प्रदर्शनीमा बोल्दै मन्त्री शर्माले गणतन्त्र र लोकतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएका हुन्।

उनले लोकतन्त्र र गणतन्त्र नहुँदा मानिसलाई बोल्ने स्वतन्त्रता समेत नभएको उल्लेख गर्दै उनले गणतन्त्रको विकल्पमा पुनः पछाडि फर्कन नसकिने स्पष्ट पारिन्।

उनले विभिन्न भ्रष्टाचारको विषयहरु उठाएर गणतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठ्ने गरेको भन्दै ती समस्याहरुको समाधान पनि गणतन्त्र भित्रै सम्भव भएको बताइन्।

उनले राज्यको माथिल्लो तहमा पुगको कोही व्यक्ति बिग्रिएमा गणतन्त्रको दोष नभएको बताइन् ।

 

प्रकाशित : 25 May, 2023

प्रतिक्रिया दिनुहोस्