केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बार्सिलोनामा एक दशक बिताएका अल्बा क्बल छाड्दै

सहयात्रा टिभी

काठमाडौँ । जेठ १२, बार्सिलोनाका रक्षक जोर्डी अल्बाले क्लब छाड्ने पक्कापक्की भएको छ।

स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाका ३४ वर्षीय लेफ्ट ब्याक अल्बाले यस सिजनको अन्त्यसँगै बार्सिलोना छाड्ने पक्कापक्की भएको हो। उनले बार्सिलोनामा झन्डै ११ वर्ष बिताएका छन्। बीबीसी स्पोर्टसका अनुसार बार्सिलोना र अल्बाबीच सम्झौता अन्त्य गर्नका लागि सहमति भइसकेको छ।

बार्सिलोनाका लागि अल्बाले ६ ला लिगा, पाँच कोपा डेल रे र एक च्याम्पियन्स लिग जिताउनका लागि मुख्य भूमिका खेल्ने खेलाडीको रुपमा अब स्मरण गरिने छ, बार्सिलोनाका लागि उनको योगदान अतुलनीय छ, बीबीसीले भनेको छ।

यस सिजनमाा मात्रै अल्बाले २९ लिग खेल खेल खेलेका थिए। उनले बार्सिलोनावाट चार सय ५८ खेलमा सहभागी जनाएका थिए। स्पेनिस रक्षक अल्बा सन् २०१२ मा ला लिगाको अर्को क्लब भ्यालेन्सियाबाट बार्सिलोना भित्रिएका हुन्। बार्सिलोना छाडन लागेका उनले यसपछि के गर्छन् ? त्यो भने खुल्न सकेको छैन।

प्रकाशित : 26 May, 2023

प्रतिक्रिया दिनुहोस्