केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको तरकारी र फलफूलको मूल्य थाहा पाउनुहोस्

सहयात्रा टिभी

काठमाडौँ । जेठ १२, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

जसअनुसार गोलभेँडा ठुलो(नेपाली)को प्रतिकेजी न्यूनतम मूल्य ४० रुपैयाँ, मकै बोडी प्रतिकेजी मूल्य ५० रुपैयाँ, कुरिलो प्रतिकेजी ३०० रुपैयाँ, काउली स्थानीय प्रतिकेजी मूल्य ७० रुपैयाँ, आलु रातो ४० रुपैयाँ कायम भई कारोबार भइरहेको छ।

त्यसैगरी, कागती १८० रुपैयाँ, चम्सुरको साग ११० रुपैयाँ, डल्ले च्याउ प्रतिकेजी २८० रुपैयाँ, न्युरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ, लोकल काँक्रो ८० रुपैयाँ र अदुवा प्रतिकेजी २५० रुपैयाँ तोकिएको समितिले जनाएको छ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४० रुपैयाँ, अनार २५० रुपैयाँ, किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, ताजा माछा (रहु) ३३० रुपैयाँ र ताजा माछा (मुंगरी) ३०० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको समितिले जनाएको छ।

प्रकाशित : 26 May, 2023

प्रतिक्रिया दिनुहोस्