केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मानव जस्तै पशु स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्‍न सरकार प्रतिवद्ध

सहयात्रा टिभी

काठमाडौँ । जेठ १४, मानव स्वास्थ सेवामा जस्तै पशु स्वास्थ्य सेवालाई पनि प्राथमिकतामा राख्न सरकार प्रतिवद्ध रहेको जनाएको छ ।

आइतबार काठमाडौंमा भएको महिला पाराभेटेनरीयनहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कृषिमन्त्री डा.वेदुराम भुसालले यस्तो बताएका हुन्। उनले अहिलेसम्म सरकारले मानव स्वास्थ्य सेवा क्षेत्रमा मात्रै महत्व दिएको भन्दै अब सरकारले पशु स्वास्थ्य सेवाको क्षेत्रमा पनि महत्व दिने बताए ।

उनले पशु स्वास्थ्य क्षेत्र सरकारको उपेक्षामा रहेको भन्दै पशु स्वास्थ्य मानवसँग अभिन्न रुपले जोडिएको विषय बुझ्न नसकिएको बताए । मन्त्री भुसालले सरकारले अहिलेसम्म पशु स्वास्थ्यको क्षेत्रमा महत्व नदिएको स्वीकार गरे।

उनले भने, ‘पशु स्वास्थ्य सेवाको क्षेत्रलाई पनि मानव स्वास्थ्य सेवाको क्षेत्रमा जस्तै महत्वका साथ अगाडि बढाउनु पर्छ । त्यसका लागि धेरै काम भएपनि अहिलेदेखि थालनी गर्नुपर्छ ।’

उनले अब सरकारले पशु स्वास्थ्य क्षेत्रका भएका कानून परिमार्जन र नयाँ कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने बताए ।

 

प्रकाशित : 28 May, 2023

प्रतिक्रिया दिनुहोस्