केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतका प्रधानमन्त्री मोदीद्वारा नयाँ संसद् भवन उद्घाटन

सहयात्रा टिभी

काठमाडौँ । जेठ १४, भारतका २० वटा विपक्षी दलको बहिष्कारका बावजुध पनि प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद् भवनको उद्घाटन गर्नुभएको छ ।

उद्घाटनसँगै मोदीले ऐतिहासिक रूपमा महत्त्वपूर्ण मानिएको सुनको राजदण्ड पनि संसद् भवनमा स्थापना गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।

नयाँ भवन उद्घाटनका लागि राष्ट्रपतिलाई आग्रह नगरिएकोमा प्रतिपक्ष दलहरूले सरकारको आलोचना गर्दै उद्घाटन कार्यक्रम बहिस्कार गरेका हुन् । सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी) ले चाहिँ विपक्षीहरूको बहिष्कारलाई लोकतन्त्रप्रतिको अनादर भनेको छ ।

नयाँ संसद् भवन सङ्घीय राजधानी दिल्लीमा सेन्ट्रल भिस्टा पावर कोरिडोरको विकास गर्ने सरकारको महत्त्वाकाङ्क्षी परियोजनाको हिस्सा हो ।

नयाँ भवनको उद्घाटन गर्दै मोदीले संसद् भवन उद्घाटन भएको दिन र भारतीय स्वतन्त्रताको ७५ वर्षको स्मरणलाई अङ्कित गर्ने ७५ रुपैयाँको नयाँ सिक्का पनि जारी गर्नुभएको छ । नयाँ चार तले भवनको अनुमानित लागत नौ अर्ब ७० करोड भारतीय रुपैयाँ रहेको छ ।

 

प्रकाशित : 28 May, 2023

प्रतिक्रिया दिनुहोस्