प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका विषयमा सुझाव लिदै

सहयात्रा टिभी

काठमाडौँ । जेठ १४, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ जेठदेखि हुने आफ्नो भारत भ्रमणका विषयमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विभिन्न दलका नेताहरुसँग सुझाव लिदै गरेको जानकारी प्राप्त भएको छ ।

आइतबार सिंहदरबारमा गरेको छलफलमा उनले आफ्नो भ्रमणका क्रममा आर्थिक, व्यापारिक, ऊर्जा व्यापार र पारवहनलगायत द्विपक्षीय हितका विभिन्न विषयमा छलफल हुने जानकारी गराएका थिए ।

त्यस क्रममा उनले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र दलका नेताहरुसँग सुझाव पनि लिएका थिए । प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विज्ञहरुले राष्ट्रको हितमा के गर्नुपर्छ भन्ने विषयमा सकारात्मक सुझाव दिएका बताए ।

‘विज्ञहरुको सुझाव लिने क्रम चलिरहेको छ । म जरुरी काम परेर हिँडेको छु, धेरैको सुझाव सुनेँ, अरुको सुझाव परराष्ट्रमन्त्रीहरुले लिँदै हुनुहुन्छ’, छलफबाट बाहिरिने क्रममा उनले भने ।

प्रकाशित : 28 May, 2023

प्रतिक्रिया दिनुहोस्