कृषिमा धेरै बजेट विनियोजन गाँजा खेतीको पनि अध्ययन गर्ने

काठमाडौं । जेठ १५, सरकारले कृषि तथा पशुपन्छी विकासका लागि हालसम्मकै धेरै बजेट विनियोजन गरेको र गाँजा खेतीको पनि अध्ययन गर्ने भएको छ ।

चालु आर्थिक वर्ष २०७९र८० मा सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५५ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
जुन गत आवको तुलनामा ३ अर्ब ९ करोड रुपैयाँले धेरै हो । सरकारले यो वर्ष रासायनिक मलको अनुदान पनि दोब्बर बनाएको छ ।
सरकारले औषधिजन्य प्रयोग गर्नको लागि गाँजा खेतीको पनि अध्ययन गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै गाँजा खेतीको अध्ययन गर्ने बताएका हुन् ।