केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिन्धुलीमा सर्पले डसेर एकै परिवारका दुईको मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । जेठ १६, सिन्धुलीको दुधौली नगरपालिका–१ कुर्थौलीमा सर्पले डसेर एकै परिवारका दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

आमा गंगा पहाडीसँगै घरमा सुतिरहेका उनीहरुलाई आज बिहान सर्पले डसेको थियो । आज बिहान करिब ३ बजेतिर कान्छो छोरा छटपटाएपछि गंगा व्युँझिएकी थिइन् ।

त्यसपछि छोराहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको थियो । त्यहाँ उपचार हुन नसक्ने भनेपछि थप उपचारका लागि जानकी हेल्थ केयर जनकपुर रिफर गरिएको थियो ।

आज बिहान करिब ८ बजेतिर चिकित्सकले दुवै बालकलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सञ्चार शाखाले जनाएको छ । प्रहरीका अनुसार मृतक ग्रिसको बायाँ हातको साहिँली औंलामा र ग्रिस्मको बायाँ खुट्टाको बुढी औंलाको बिच भागमा सर्पले डसेको निलडाम छ ।

 

प्रकाशित : 30 May, 2023

प्रतिक्रिया दिनुहोस्