महोत्तरीको एनएमबि बैंकमा हतियारधारी समूहद्धारा लुटपाट

काठमाडौँ । जेठ १६, महोत्तरीको एनएमबि बैंकमा हतियारधारी समूहद्धारा लुटपाट भएको छ ।
महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिएको छ ।
उनका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरुले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।