केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तेल र तथा कच्चा पदार्थ आयातमा हुने छुट सहुलियत खारेज

सहयात्रा टिभी

काठमाडौँ । जेठ १६, सरकारले तेस्रो देशबाट नेपाल आयात हुने सूर्यमुखी तेल, पाम, सोयाबिन र तोरीको गेडा तथा कच्चा पदार्थमा दिंदै आएको छुट सहुलियत कटौती गरेको जानकारी प्राप्त भएको छ ।


बजेटले घोषणा गरेको नयाँ भन्सार महसुलअनुसार अब यी वस्तुको आयातमा साबिकको ५ र १० प्रतिशत महसुल लाग्ने छ ।

रुस–युक्रेन युद्धका कारण नेपाली तेल उद्योगहरु मर्कामा परेको भन्दै गत वर्ष तत्कालीन अर्थमन्त्री जर्नादन शर्माले ५० देखि ९० प्रतिशतसम्म महसुल छुट दिएका थिए ।
अब सूर्यमुखी तेलको कच्चा पदार्थ, भटमास र पामको कच्चा पदार्थ आयातमा १० प्रतिशत महसुल लाग्ने छ भने तोरीको तेलको कच्चा पदार्थ र तोरीको गेडा आयातमा ५ प्रतिशत नै भन्सार महसुल लाग्ने छ ।

 

प्रकाशित : 30 May, 2023

प्रतिक्रिया दिनुहोस्