केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेप्सेमा दोस्रो दिन पनि ठूलो गिरावट

सहयात्रा टिभी

काठमाडौँ । जेठ १७, सेयर बजारमा लगातार दोस्रो दिन ठूलो गिरावट आएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेसँगै बजार घट्न थालेको हो । बुधबार बजारमा ३८.८३ प्रतिशतको गिरावट आएको छ ।

बजेटले सेयर लगानीकर्ताका लागि कर विवरण पेश गर्नुपर्ने नयाँ प्रावधान ल्याएसँगै लगानीकर्ता बिच्किएका छन् ।

यद्यपि यो प्रावधानले ९९ प्रतिशत लगानीकर्तालाई असर नगर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । बजार २.०६ प्रतिशतले घटेको हो । बुधबार सबै उपसूचकहरु राताम्य भए ।

सबैभन्दा धेरै होटल र पर्यटन, उत्पादन तथा प्रशोधन उपसूचकका लगानीकर्ताले गुमाएका छन् ।

बुधबार २६२ धितोपत्रको ३६ हजार ८९३ वटा कारोबारबाट ८७ लाख ३६ हजार १२८ कित्ता सेयर किनबेच भएको छ । यसबाट २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५७१ रुपैयाँको कारोबार भएको छ ।

 

प्रकाशित : 31 May, 2023

प्रतिक्रिया दिनुहोस्