केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य हालसम्मकै उच्च ,चाँदीको मूल्य पनि बढ्यो

सहयात्रा टिभी

काठमाडौँ । जेठ १७, सरकारले बढाएको भन्सार महसुल र सुनको अन्तर्राष्ट्रिय बजार मूल्यामा भएको वृद्धिले सुनको मूल्यमा वृद्धि भएको छ ।

यो मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार एकैदिन सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढ्दा छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ ।

यसअघि गत २१ वैशाखमा छापावाल सुन एक लाख ११ हजार ८ सय रुपैयाँ प्रतितोलामा खरिद बिक्री भएको थियो ।

बुधबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । चाँदीको मूल्य बुधबार १ हजार ३९५ रुपैयाँ पुगेको छ ।

सरकारले बजेटमार्फत सुन र चाँदीको प्रति १० ग्राम भन्सार महसुल वृद्धि गरेपछि मंगलबारदेखि सुनमा प्रति १० ग्राम ३ हजार ९ सय र चाँदीमा १७ रुपैयाँ थप मूल्य लागेको थियो ।

प्रकाशित : 31 May, 2023

प्रतिक्रिया दिनुहोस्