केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरे पछि ओलीद्धारा आपत्ति

सहयात्रा टिभी

काठमाडौँ । जेठ १७, आफ्नो सुनैसुनले ढाकिएको फोटो सामाजिक सञ्जालमा ट्रोल गरे पछि ओलीद्धारा सारै आपत्ति जनक भएको टिप्पणि गर्नु भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनैसुनले ढाकिएको देखिने गरी आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोलु गरिएको गुनासो गर्नुभएको छ ।

औँठी लगाउने रुचिसमेत नभएको मान्छेलाई जिउभरि सुनैसुनले ढाकिएको फोटो सामाजिक सञ्जालमा ट्रोल गरेर झुटको खेती गरेको भन्दै उहाँले आपत्तिसमेत जनाउनुभयो ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा पार्टी प्रवेश गरेका कलाकारहरूलाई स्वागत गर्दै अध्यक्ष ओलीले आफूले आमा बित्दा र एक पटक साथीले दिएको औँठी केही समय लगाएको तर त्यसबाहेक आफूले सुनको औँठी नलगाएको पनि बताउनुभयो ।

उहाँले इमानमा अड्न नखोज्ने अवस्थामा नेपाली समाज पुगेको उल्लेख गर्दै त्यसबाट जोगाउनका लागि चेतनाको बिगुल फुक्न पनि कलाकारहरूलाई आह्वान गर्नुभयो । अध्यक्ष ओलीले पार्टीमा प्रवेश गरेका कलाकारहरूलाई राष्ट्र निर्माणको अभियानमा क्रियाशील गराउने पनि बताउनुभयो ।

 

प्रकाशित : 31 May, 2023

प्रतिक्रिया दिनुहोस्