केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ए डिभिजन क्लबले लिग नसकिएसम्म बन्द प्रशिक्षणमा नपठाउने

सहयात्रा टिभी

काठमाडौं । जेठ १८, ए डिभिजन क्लबहरुले आफ्ना खेलाडीलाई लिग नसकिएसम्म राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा नपठाउने भएका छन् ।

बिहीबार फ्रेण्ड्स क्लबको कार्यालयमा बसेको क्लबहरुको बैठकले आसन्न साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीलाई लिग जारी रहुन्जेल नपठाउने निर्णय गरेको हो ।

६ असारदेखि भारतको बैंग्लोरमा साफ च्याम्पियनसिप आयोजना हुँदैछ । त्यसका लागि राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले ३० खेलाडीको प्रारम्भिक टिम घोषणा गरे पनि प्रशिक्षण सुरु गर्न सकेका छैनन् ।

१९ फागुनदेखि सुरु भएको शहीद स्मारक ए डिभिजन लिगमा तीन चरणको खेल बाँकी छ । २७ जेठमा लिग सकिएपछि मात्र क्लबले खेलाडी रिलिज गर्ने बताएका हुन् ।

एन्फाले पूर्वसहमति कार्यान्वयन नगरेका कारण विरोधस्वरुप लिगका बाँकी खेलहरुमा खेलाडी र अफिसियलले कालो पट्टी बाँधेर सहभागी हुने निर्णय क्लबको बैठकले गरेको छ ।

यो बैठकमा जावलाखेल युथ क्लब र तीन विभागीय टिमहरु ९आर्मी, एपीएफ र नेपाल पुलिस०का प्रतिनिधि सहभागी थिएनन् ।

 

प्रकाशित : 1 June, 2023

प्रतिक्रिया दिनुहोस्