घोराहीको इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा लाखौँ क्षति

काठमाडौं । जेठ १८, दाङको घोराहीमा रहेको बन्जाडे इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ ।
घोराही उपमहानगरपालिका वडा नं १५ को शहीदगेट रोडमा रहेको बञ्जाडे इलेक्ट्रोनिक पसलको गोदाम घरमा आगलागी भएको हो । आगलागीबाट लाखौँ मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
गोदाममा लागेको आगो घोराही उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीयको सहयोगमा करिब एक घण्टापछि निभाइएको थियो ।
प्रहरीले क्षतिको पूर्ण विवरण सङ्कलनको काम गरिरहेको छ।