केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेस पुनर्निर्माणका निम्ति सबै गुटहरु भत्काऔं : गगन थापा

सहयात्रा टिभी

काठमाडौं । जेठ १८, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटहरुलाई भत्काउनुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री थापाले कांग्रेस पुनर्निर्माणका निम्ति सबै गुटहरुलाई भत्काउनुपर्ने बताएका हुन् ।

‘मेरो आग्रह छ, नेपाली कांग्रेस पार्टीभित्र अब यसलाई सुधार्ने हो भने कांग्रेसभित्र हामीले भएको गुट सबै भत्काउनुपर्छ । जम्मा कांग्रेसमा दुईवटा गुट छ भन्ने बनाऔं । जम्मा दुईवटा गुट काँग्रेसमा अब । एउटा गुट कांग्रेसमा परिवर्तन चाहने गुट । एउटा गुट परिवर्तन रोक्ने गुट । यो दाई, त्यो दाई सबै छोडिदिनुहोस्’ उनले भने ।

महामन्त्री थापाले कुशासन, बेथिति, भ्रष्टाचार हटाउने विश्वास दिलाउन सक्नुपर्ने बताए ।

‘कांग्रेसले कुशासन, बेथिति, भ्रष्टाचार म हटाउँछु र तिमीलाई आजभन्दा भोलि राम्रो बनाउँछु । राम्रो अवसर दिन्छु भनेर आश्वस्त पार्नसक्यो भने यो पार्टीको घर भरिन्छ’ उनले भने, ‘नयाँ मान्छे आउँछन् । नआउने कुरै छैन । कांग्रेस कमजोर हुने कुरै छैन ।’

 

प्रकाशित : 1 June, 2023

प्रतिक्रिया दिनुहोस्